२९ मे, टोकियो।
तोकिएको समयमा
संबिधान बन्ने गर्दै सहित जापानबासी नेपालीहरुले सातौं गणतन्त्र दिवश राजदुत निवास
टोकियोमा मनाएका छन।मुलुक संघिय गणतन्त्रात्मक भएको अवसरमा नेपाली दुताबास, टोकियोले आयोजना गरेको कार्यक्रममा यो आशा ब्यक्त गरिएको हो।
कार्यक्रमलाई
सम्बोधन गर्दै जापानका लागि नेपाली राजदुत डा.मदनकुमार भट्टराईले जापानबासी सम्पुर्ण
नेपालीलाई गणतन्त्र दिवशको शुभकामना दिदैं मुलुकले तोकिएको समयमै नै संबिधान पाउने बिश्वास ब्यक्त गरे।सो अवसरमा राजदुत
भट्टराईले नेपालबाट राष्ट्रपति डा.रामबरण यादबले पठाएको शुभ-कामना सन्देश पनि पढेर
सुनाएका थिए।
नेपाली
कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद अर्जुनकुमार जोशीले गणतन्त्र दिवशको शूभ-कामना
ब्यक्त गर्दै संबिधान शभा-१ झै बर्तमान संबिधानशभा असफल नहुने, सबैको ध्यान संबिधान निर्माणमा रहेकोले तोकिएकै समयमा
संबिधान बन्ने कुरामा अशंका नराख्न अग्राह गरे। नेपाली कांग्रेसको प्रबासमा रहेको
जनसम्पर्क समिति समन्वय बिभागका प्रमुख समेत रहेका जोशी नेपाली
जनसम्पर्क समिति जापानको आउंदो आइतवार टोकियोमा हुन गईरहेको पांचौं अधिवेशनको
घोषणा सभामा भाग लिन जापान आईपुगेका हुन।
गणतन्त्र दिवस समारोहको शुरुमा ज्ञात
अज्ञात सहिदहरुप्रति हार्दिक सम्मान र सम्झना गर्दै १ मिनेट मौनधारण गरिएको थियो।यसअघि
राजदूतावासका उपनियोग प्रमुख तापस अधिकारीले उपस्थित सबैलाई हार्दिक स्वागत
गर्नुका साथै गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नुभएको थियो। |
|
समारोहमा विभिन्न संघसंस्थाका
प्रतिनिधि, ब्यवसायी, विद्यार्थी, बुद्धिजीवी लगायत नेपालप्रति
चासो राख्ने जापानीहरुको उत्साहबर्द्धक सहभागिता रहेको थियो। |