जापानले युद्धको समयमा भएको यौन दाशत्वको बिषयलाइ भएको एतिहासिक माफीको समिक्षा सुरु गरेको छ । बुधबार सुरु गरिएको यस पुनर्विचार प्रकृयमा १९९३ को बयानको भने पुन संशोधन भने नहुने जानकारी दिइएको छ ।
कोनो बयानको नामबाट चिनिने उक्त एतिहासिक क्षमा दोश्रो विश्वयुद्धको दौरान एसियाभरबाट महिलाहरु ल्याई जबर्जस्ती बेश्यावृतिमा लगाइएको बिषयलाइ लिएर मागिएको थियो । प्रमुख क्याबिनेट सचिब योशिदे सुगाले बुधबार एक बिज्ञको टोलिले कुन तथ्यको आधारमा रही उक्त माफी मागिएको हो भन्ने कुराको अध्ययन गरिने जानकारी दिएका छन् । सुगाले अध्ययन यस बर्षको अन्त सम्ममा सकिने जनाएका छन् । जापानी सरकारको उच्च तहका वक्ता सुगाले उक्त जांच तथा अध्ययन टोलिमा ५ जना रहेको बताएका छन् । जसमध्य ३ महिला छन् भने २ पुरुष ।
सुगाले कानुन निर्माताहरुलाइ उक्त अध्ययन टोलिले त्यस बेलाको बयान नभई उक्त बयानको आधारको अध्ययन गर्ने जानकारी दिएका छन् । उक्त समयको यस यान दाश प्रथालाइ लिएर जापानको छिमेकी देश दक्षिण कोरिया क्रोधित भएको थियो । यस अध्ययन पश्चात १६ दक्षिण कोरियाली महिलाहरुले आफुहरुलाइ यौन दास बनाएको बयानमा सत्यता नपाइएको खण्डमा के होला भन्ने भने अहिले नै स्पष्ट हुन सकेको छैन ।
दक्षिण कोरियाबाट बिरोध हुदा हुदै पनि शिन्जो आबेले यस बिषयको पुन संशोधन हुने जानकारी यसै बर्षको सुरुवातमा दिएका थिए । कैयौ जापानीहरुले जापानले यौन दास बनाएको बिषयलाइ स्वीकार गरेको छ । तर आबे सहित कतिपय उच्च नेताहरुले यस घटनालाइ ठुलो बनाइएको बताएका थिए । इतिहासबिदहरुले दोश्रो विश्व युद्धको समयमा करिब २००,००० दक्षिण कोरिया , चीन , इन्डोनेसिया , फिलिपिन्स तथा ताइवान जस्ता देशहरुबाट जापानी सैनिक लागिको यौन दास बन्न बाध्य गरेको बताएका छन ।