प्रधानमन्त्री कोइराला आज स्वदेश फर्कदैं
Admin / 2014-05-28 02:43:56
नेपाल ब्युरो- १४, काठमाण्डौं । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्किदै हुनुहुन्छ ।
भातीय नव–नियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागि हुन नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री कोइराला दुईदिनको बसाईपछि आज काठमडौ फर्किन लाग्नु भएको हो ।
काठमाडौ फर्किनुअघि प्रधानमन्त्री कोईरालाले भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी, काँग्रेस (आइ)का नेता करण सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीका सञ्चार सहयोगी प्रकाश अधिकारीले कोइराला आजै दिउँसो साढे ३ बजेपछि काठमाण्डौ आइपुग्ने जानकारी दिनुभयो ।
हिजो भारतीय प्रधामन्त्री नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा नेपालको विकास र संविधान निर्माणमा भारतीय प्रधानमन्त्री मोदीले चासो राख्नुभएको थियो ।
कोइरालाले हिजो नै सार्क राष्ट्रका प्रमुखहरुसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
प्रकाशित मिति: 2014-05-28 02:43:56
प्रतिक्रिया: