एआईजी बढुवाका लागि सिफरिस हुँदै
Admin / 2014-05-27 06:03:50
नेपाल ब्युरो- जेठ १३, काठमाडौ । करिब ७ महिना देखि रिक्त रहेका नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवाका लागि बढुवा समितीले नायब महानिरीक्षक (डिआईजीपी)को नाम सिफारिस गर्दै छ ।
गृहसचिब सुर्य सिलवाल संयोजक रहेको समितीले डिआईजीपी राजेन्द्रसिंह भण्डारी, दोस्रोमा सुरेन्द्रबहादुर शाह र तेस्रो नम्बरका विज्ञानराज शर्माको नाम सिफारिस गरेको छ । बाँकी ४ जनाको लागि गृहमन्त्रालयमा बढुवा समितीको बैठक बसिरहेको छ ।
बाँकी ४ जना यादब अधिकारी, वीरेन्द्रबाबु श्रेष्ठ, केदार साउद, बिश्वराजसिंह शाही, प्रतापसिंह थापा, रमेश शेखर बज्राचार्य, नारायण बस्ताकोटी, गणेश राई, पर्शुराम खत्री र शुसिलबरसिंह थापा मध्येबाट छानिने छन् ।
समितीमा गृहसचिब सहित प्रधानमन्त्री कार्यालयका सचिब दुर्गानिधी शर्मा र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल रहेको छन् ।
२०७० कार्तिक २९ गते देखी नेपाल प्रहरीमा एआजीपीका ७ पद रिक्त रहेका छन् ।
प्रकाशित मिति: 2014-05-27 06:03:50
प्रतिक्रिया: