नेपाल ब्युरो- जेठ १३, काठमाडौ । क्या बोर भयो,जब सन्ध्या हुन्छ र लोग्ने मान्छे भएर रुन हुन्न लगायकता चर्चित गीतहरुका गायक योगेश्वर अमात्य अब गायकका रुपमा मात्र रहेनन् । किनभने उनी अब चाँडै चलचित्रमा समेत देखिने भएका छन् ।
आफ्ना फरक शैलीका गीत र स्वरका कारण चर्चामा रहन सफल गायक अमात्य अब चाँडै नै चलचित्रको खलनायकको भूमिकामा देखिने भएका हुन् । इन्जोय मुभिजको व्यानरमा निर्माण हुन लागेको चलचित्र अखडामा उनी प्रमुख खलनायकको रुपमा रहनेछन् । आशिषकुमार ठाकुरको लगानीमा बन्ने सो चलचित्रमा राज महर्जन प्रस्तुतकर्ता रहनेछन् । चलचित्रमा गायक अमात्यको अलावा रविराज पोखरेल,अनुप स्थापित,श्रीकृष्ण न्यौपानेको पनि अभिनय रहनेछ । चलचित्रको नायिका को हुने भन्नेबारे भने कुनै टुँगो लागिसकेको छैन । चलचित्रमा सुमन लामाको द्धन्द,सन्तोषप्रसादको संगीत र शंकर अधिकारीको गीत रहनेछ । चलचित्र अखडा यही जेठ २० बाट छायाँकनमा जाने निर्माण पक्षले जनाएको छ ।
पछिल्लो समयमा तिम्रो आँखा बोलको गीतको म्यूजिक भिडियोमा मोडल सहाना बज्रचार्यसँग आफैंले अभिनय गरिसकेका योगेश्वर अमात्यले चलचित्रमा चाहिं कस्तो अभिनग गर्ला ? उनका फ्यानहरुका लागि प्रतीक्षाको विषय बनेको छ ।