पुर्व घोषण बिना अफगानिस्तान पुगेका ओबामा काबुल बाहिरको बाग्राम हवाइ अड्डामा ओर्लदा अमेरिकी सैनिकहरुले स्वागत गरेका थिए । अमेरिकीहरुले लडाइमा ज्यान गुमाएका सैनिकहरुको सम्मानमा मेमोरियल डे मनाउने तयारी गरिरहदा राष्ट्रपति ओबामा अफगानिस्तान पुगेका हुन् ।
अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्दै राष्ट्रपति ओबामाले उनीहरुको सेवाको लागि धन्यवाद दिदै सरकारले स्वास्थ्य लगायत अन्य सहयोग उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् ।
उनले यसै वर्षको अन्त्यसम्ममा अफगानी सैनिकले देशको सुरक्षाको जिम्मा लिने र अमेरिकी फौजी मिसन पुरा हुने बताएका छन् । ओबामाले एक सैनिक केन्द«मा सम्वोधन गर्दै यसै वर्ष युद्ध अन्त्य हुने उद्घोष गरेका छन् ।