राप्रपा नेपालको निर्वाचन सुरु
Admin / 2014-05-27 02:14:02
नेपाल ब्युरो- जेठ १३ ,काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
हिजोबाट केन्द्रीय कार्यसमिति चयनका लागि मनोनयन दर्ता भइसकेको छ । केन्द्रीय सदस्यका २ सय १६ जनाले निर्वाचन प्रक्रियामा भाग लिनेछन् । काठमाडौमा जारी पहिलो महाधिवेशनमा हिजो विधान संशोधन गरी पारित गरिएपछि आज केन्द्रीय कार्यसमिति चयन गर्न लागेको हो ।
अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्रमाथि भने आज पनि छलफल हुनेछ । पार्टीलाई समावेशी बनाउनका लागि २० जना केन्द्रीय सदस्यलाई दलित जनजाति, मधेसी, मुसलमान, पिछडिएका वर्ग, सीमान्तकृतको आधारमा आरक्षणको व्यवस्था गरिएको छ ।
त्यस्तै अध्यक्ष तथा ५० प्रतिशत सदस्यको प्रत्यक्ष निर्वाचनको व्यवस्था गरिएको छ । कार्यसमितिको अध्यक्षमा भने वर्तमान अध्यक्ष कमल थापा र सहअध्यक्ष पदमसुन्दर लावतीको उम्मेदवारी कायमै छ ।
प्रकाशित मिति: 2014-05-27 02:14:02
प्रतिक्रिया: