क्रान्तिकारी, परीवर्तनकारी एकै ठाउँ आउन जरुरी : दाहाल
Admin / 2014-05-26 05:07:09
नेपाल ब्युरो– जेठ १२, काठमाडौँ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी, परीवर्तनकारी एकै ठाउँ आउनु जरुरी रहेको बताउनुभएको छ ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दाहालले क्रान्तिकारी शक्तिको त्याग बिना एकता सम्भव नुहने पनि बताउनुभयो ।
शान्ति प्रक्रियामा आएपछि कम्यूनिष्ट पार्टी कमजोर भएको आफूले महशूस गरेको दाहालको भनाई थियो ।
सोही कार्यक्रममा बोल्नुहुँदै नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले क्रान्तिकारी कम्यूनिष्ट पार्टीबीच बिचारको एकता आवश्यक भएको भन्दै त्यसका लागि वार्ता र संवाद भईरहेको जानकारी दिनुभयो । मुक्तिको सपना देखेका शहिदको सपना, त्याग र बलिदानलाई नेतृत्वले भुल्दा अहिलेको अवस्था आएको हो वैद्यले भन्नुभयो ।
प्रकाशित मिति: 2014-05-26 05:07:09
प्रतिक्रिया: