नेपाल ब्युरो –जेठ ११, काठमाडौ ।
हप्ताको दोस्रो दिन सोमबार आज स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५० रुपैयाँले घटेको छ ।
आज तेजावी सुन प्रतितोला ५० रुपैयाँले घटेर ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै तेजावी सुनपनि ५० रुपैयाँले नै घटेर प्रतितोला ५१ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
चाँदिको भाउ भने आज स्थीर रहँदै ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको शाक्यले बताउनुभयो ।