प्रधानमन्त्री सुशील कोइराला दिल्ली प्रस्थान
Admin / 2014-05-26 02:34:38
नेपाल ब्युरो –जेठ ११,काठमाण्डौं ।
प्रधानमन्त्री सुशील कोइराला भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज भारतको दिल्ली प्रस्थान गर्नुभएको छ ।
मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका सिलसिलामा उहाँ आज बिहान १३ सदस्यीय टोलीको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । आज सपथग्रहण समारोहमा सहभागि भएपछि भोलिदेखि कोइरालाको भेटवार्ता सुरु हुनेछ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री कोइरालाले आफ्ना भारतीय समकक्षीसँग भेटवार्ता गर्नुका साथै राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोइरालाले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, भारतीय राष्ट्रिय कङ्ग्रेसकी अध्यक्ष सोनिया गान्धी र प्रधानमन्त्रीबाट निवृत्त हुन लाग्नुभएका डा मनमोहन सिंह राजनीतिक दलका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहको छ । प्रधानमन्त्री कोइरालाले शपथ ग्रहण समारोहमा सहभागी हुने विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री कोइराला पर्सी स्वदेश फर्कनुहुनेछ ।
प्रकाशित मिति: 2014-05-26 02:34:38
प्रतिक्रिया: