एकीकृत माओवादीमा पहिलो पटक पदाधिकारी चयन गर्न निर्वाचन हुने
Admin / 2014-05-25 03:09:30
नेपाल ब्युरो –जेठ ११, काठमाण्डौं ।
एकीकृत नेकपा माओवादीको पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोका लागि आज निर्वाचन हुने भएको छ ।
दिउँसो साढे १२ बजे तय गरिएको निर्वाचनमा सबै उम्मेदवार सबै मतदाता भएको नयाँ विधी बनाइएको छ । एकीकृत माओवादीको निर्वाचन समितिले तय गरेको प्रावधानअनुसार १ सय ५१ केन्द्रीय सदस्य उम्मेदवार र मतदाता दुवै हुन पाउनेछन् ।
केन्द्रीय समितिले ५१ पोलिटब्युरो सदस्यका लागि मतदान गर्नेछन् । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने मतदानमा बाबुराम भट्टराई पक्षले भने बहिष्कार गर्ने बताइसकेको छ । अध्यक्षमा पुष्पकमल दाहाल यसअघि नै निर्वाचित भइसकाले केन्द्रीय सदस्यले पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो चयन गर्नेछन् ।
१६ स्थायी समिति, ५० पोलिटब्युरो र ७ पदाधिकारीका लागि आफु लगायत सबैलाई भोट दिन पाउनेछन् । केन्द्रीय समितिले पोलिटब्युरो चयन गरेपछि निर्वाचित पोलिटब्युरोले १७ सदस्यीय स्थायी समिति चयन गर्नेछ । निर्वाचित स्थायी समितिले पदाधिकारीको चयन गर्ने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-05-25 03:09:30
प्रतिक्रिया: