नेपाल ब्युरो–जेठ ११, काठमाण्डौं ।
भारत भ्रमणमा जानुअघि छलफलमा जुट्नु भएका प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादिसंग आज भेटवार्ता गर्नुभएको छ ।
हिजो राष्ट्रपति डा. रामवरण यादव सहित विभिन्न दलका नेता, परराष्ट्रविज्ञसँग कोइरालाले छलफल गर्नुभएको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष एकीकृत माओवादी र मधेस केन्द्रित दलसँग छलफल भएको कोइरालाका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
भेटमा कोइरालाको भारत भ्रमण र संविधानसभामा २६ सभासदको मनोनयन लगाएतका विषयमा छलफल भएको अधिकारीले बताउनुभयो ।
प्रधानमन्त्री कोइराला भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा छिमेकी सरकार प्रमुखको हैसियतले सहभागी हुन भोलि भारत जान लाग्नुभएको हो ।