बैद्यनाथ उपाध्यायको जवाफप्रति सभासद असन्तुष्ट
Admin / 2014-05-23 04:09:13
नेपाल ब्युरो– जेठ ९, काठमाडौँ ।
संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा सिफारिस ८ जना न्यायाधीशसँग सुनुवाई सुरु गरेको छ ।
मुख्य तीन दलबीच सहमति भएपछि स्थायी न्यायाधीशमा सिफारिस ८ जनाको सुनुवाई सुरु भएको हो । सुनुवाईमा बोल्दै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश वैद्यनाथ उपाध्यायले बालकृष्ण ढुंगेलको मुद्दाबारे पुनरावेदन अदालतबाट फैसला सुनाउने बेलामा ढुंगेलसँग पैसा माग्ने तागत कसैको नरहेको बताउनुभएको छ । आफू सम्पन्न परिवारको व्यक्ति रहेको र न्यायाधीश हुँदा सम्पत्ति बढ्नुको साटो घटेको उहाँले दाबी समेत गर्नुभयो ।
यसैबीच वैद्यनाथले जवाफ दिएपछि सुनुवाइ समितिको बैठक अपर्हान्न तीन बजेसम्मका लागि स्थगित भएको छ ।अब बाँकी अन्य सिफारिस न्यायाधिशहरुको सुनुवाई ३ बजेपछि हुनेछ ।
न्यायापरिषदले चोलेन्द्र शमशेर राणा, दिपकराज जोशी, गोपाल पराजुली, बैद्यनाथ उपाध्याय, गोविन्दकुमार उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ र जगदिश शर्मा पौडेललाई सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा प्रस्ताव गरेको थियो ।
परिषदले सिफारिस गरेका राणा र जोशीलाई सर्वोच्चले नै कारबाही गर्न न्याय परिषद्लाई लेखिपठाएको, न्याय सम्पादन गर्ने क्षमता र योग्यता नभएको तथा पराजुलीले चारपटक विवाह गरेको, न्याय सम्पादन प्रभावकारी नभएको लगायतका उजुरी परेको छ ।
उजुरीकर्ताले संसदीय सुनुवाई विशेष समितिमा राणा, जोशी र पराजुलीलाई कुनै पनि हालतमा सर्वोच्चको न्यायाधीश नबनाउन आग्रह गरेका छन् ।
प्रकाशित मिति: 2014-05-23 04:09:13
प्रतिक्रिया: