उपसमितिले संविधानसभा बाहिर रहेका दलहरुसँग वार्ता गर्ने
Admin / 2014-05-22 03:10:32
नेपाल ब्युरो–जेठ ८ काठमाडौँ ।
संविधानभन्दा बाहिर रहेका दलहरुसँग गोप्यरुपमा वार्ता गर्न संविधानसभा संवैधानिक राजनीतिक संवाद तथा सहमती समितिले ५ सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
उपसमितिमा नरहरी आचार्य, सुरेन्द्र पाण्डे, शक्ति बस्नेत, सर्वेन्द्रनाथ शुक्ला र अशोक राई रहनुभएको छ । यो समितिले संविधान निर्माणमा कुनै पनि समुह वा दलसँग वार्ता गर्ने अवस्था आए गोप्यरुपमा वार्ता गर्नेछ ।
यस्तै बैठकले संविधानसभाभन्दा बाहिर रहेका दलहरलाई वार्तामा आउन औपचारिकरुपमा आह्वान गर्ने भएको छ । आजै बेलुकासम्म यस्तो आह्वान गर्ने बैठक निर्णय गरेको हो । संविधानसभा निर्वाचन बहिस्कार गरेका नेकपा–माओवादलिगायत ३३ दलसँग समितिले संविधान निमार्णका विषयमा वार्ता गर्नेछ ।
आजको बैठकले अघिल्लो संविधानसभामा संविधान निर्माणका क्रममा देखिएका विवादित विषयको पहिचान गर्न एक उपसमिति गठन गरेको छ । उपसमितिमा बालकृष्ण खाणँ, गोकर्ण विस्ट, महेन्द्र राय यादव, शिवलाल थापा र रेखा शर्मा रहनुभएको छ ।
नेता बाबुराम भट्टराईको सभापतित्वमा रहेको यो समितिले संविधान निर्माणका क्रममा हुने विवादलाई सहमतिमा ल्याउने कार्य गर्ने जिम्मेवारी पाएको छ ।
प्रकाशित मिति: 2014-05-22 03:10:32
प्रतिक्रिया: