केन्द्रीय समिति विस्तारप्रति भट्टराईको असन्तुष्टि
Admin / 2014-05-21 02:38:52
नेपाल ब्युरो–जेठ ७, काठमाडौ ।
एकीकृत नेकपा माओवादिका नेता डा. बाबुराम भट्टराईले विस्तार केन्द्रीय समिति प्रति असन्तुष्टि जनाउनु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालसँग आज बिहान भेट गरि भट्राईले आफुले समितिमा सिफारिस गरेका धेरै नाम छुटेको भन्दै असन्तुष्टि जनाउनु भएको हो । एकीकृत माओवादीले हिजो केन्द्रीय समितिलाई १ सय ५१ सदस्यीय बनाउने निर्णय गरेको छ । विस्तार केन्द्रीय समितिमा २ जना पछि मनोनयन गर्नेगरि १ सय ४९ जना पुरयाइएको छ ।
उहाँले अरु छुटेका नेताहरुको व्यवस्थापन गर्न माग गरेको उहाँको निजि सचिवालयले जनाएको छ ।
विराटनगर राष्ट्रिय सम्मेलनले ९९ सदस्यीय समिति बनाउने निर्णय गरेपनि नेता भट्टराई पक्ष सो मापदण्डमा असन्तुष्ट बनेपछि उक्त निर्णय उल्टिएको हो । पार्टीको पदाधिकारीमा अध्यक्ष पुष्पकमल दाहाल, नेता भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र कृष्णबहादुर महरा रहनुहुनेछ भने संसदीय दलको उपनेतामा टोपबहादुर रायमाझीलाई ल्याइनेछ ।
प्रकाशित मिति: 2014-05-21 02:38:52
प्रतिक्रिया: