संसदीय सुनुवाई विशेष समितिको बैठक बुधबार बस्ने
Admin / 2014-05-20 04:58:10
नेपाल ब्युरो–जेठ ६,काठमाडौँ ।
न्यायाधीश सिफारिसको विषयमा संसदीय सुनुवाई विशेष समितिको बैठकमा आज पनि दलहरुबीच विवाद कायमै भएपछि बैठक स्थगित भएको छ ।
न्यायपरिषदलाई पठाउने पत्रका विषयमा सभासदहरुबीच विवाद भएपछि गृहकार्यका लागि भन्दै एक घण्टाको लागि स्थगित गरिएको समितिको बैठक बस्दै नबसी बुधबारसम्मको लागि स्थगित भएको हो । एमाले र एकीकृत माओवादीका सभासदहरुले न्यायपरिषदलाई पत्र पठाउँदै थप विवरण माग्नुपर्ने अडान लिएका छन् ।
तर कांग्रेसका सभासदहरुले विवरण माग्ने तर न्यायपरिषदले पठाएको पत्रप्रति आपत्ति जनाउने कुरा समितिको रेकर्डमा मात्रै राख्ने अडान लिएपछि विवाद भएको हो ।
एमाले र एकीकृत माओवादीका सभासदहरुले भोटिङबाट टुंग्याउन माग गरेपनि काग्रेसका सभासदले नमानेपछि बैठक स्थगित गरिएको हो ।
न्यायरिषदले सिफारिस गरेका नाममा विभिन्न माध्यमबाट संसदीय सुनुवाई विशेष समितिमा २२ वटा उजुरी परेका छन् । ती मध्ये ६ जना उजुरीकर्ता मात्रै बैठकमा उपस्थित हुन तयार भएको समिति सभापति कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-05-20 04:58:10
प्रतिक्रिया: