जेबि टुहुरे,संविधानसभा र उनको गीत
Admin / 2014-05-20 04:54:14
नेपाल ब्युरो- जेठ ६, काठमाडौ ।
संविधानसभाको मंगलबारको वैठकमा विभिन्न विषयमा छलफल भैरहदा जनगायक समेत रहनु भएका जेबि टुहुरेले भने सांगीतिक मन्तव्य दिनु भएको छ ।
टुहुरेले आफनो गीतमा देश र जनताका लागि फेरि सबैजना दलगत स्वार्थ भन्दा माथि उठेर एकजुट हुने बेला आईसकेको धारण व्यक्त गर्नु भएको छ ।
गायक टुहुरे संविधानसभामा एकीकृत माओवादीका तर्फबाट मनोनीत सभासद हुनुहुन्छ । प्रस्तुत छ उहाँले मंगलबारको संविधानसभा वैकमा गाउनु भएको गीत
जेबि टुहुरे
फेरि एक चोटि हामी जुट्नु पर्ने भो
निस्वार्थ भावनाले उठ्नु पर्ने भो ।
माननीय सदस्यले ज्यु कुरा बुझौ है
गरीबको खाने गास बास खोसियो
निसाप हरायो भ्रष्टाचार भो
साना माथि ठुलाको अत्याचार भो
फेरि एक चोटि हामी जुट्नु पर्ने भो ।
जनता उठ्दा ढल्या हो राना शासन
जनता उठदा ढल्या हो पञ्चे शासन
जनताको संविधान कहिले लेख्ने हो
सहमतिको संस्कार कहिले बस्ने हो
फेरि एक चोटि हामी जुट्नु पर्ने भो ।
भोट हाल्ने हक मात्र हामीले खोजेनौ
गफ हाक्ने लोकतन्त्र केहिले रोजेनौ
गास बाँस कपास हो हामीले खोजेको
जनताको शा्सन हो हामीले रोजेको
फेरि एक चोटि हामी जुट्नु पर्ने भो
निस्वार्थ भावनालेउठ्नु पर्ने भो ।
प्रकाशित मिति: 2014-05-20 04:54:14
प्रतिक्रिया: