काठमाडौ लैजादै गरेको अबैध हड्डी बरामद
Admin / 2014-05-20 03:18:22
नेपाल ब्युरो जेठ ६, नुवाकोट । नुवाकोटबाट काठमाडौ लैजादै गरेका पशु चौपायको करिब तीन क्युन्टल हड्डी बरामद गरी नष्ट गरिएको छ ।
प्रहरी चौकी तादी पुलले नियन्त्रणमा लिएको दुई सय ८८ किलो पशु चौपायको हड्डीलाई जिल्ला पशु सेवा कार्यालय नुवाकोटले हिजो नष्ट गरिदिएको हो ।
पशु सेवा ऐन अनुसार पशु जन्य सामाग्रिको ओसार–पसार गर्नुपूर्व अनुमति लिनुपर्ने प्रवाधान भएपनि काडमाडौ लैजान लागिएको हड्डीको पूर्व जानकारी तथा अनुमति नलिएकाले नष्ट गरिदिएको जिल्ला पशु सेवा कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ पशु चिकित्सक खगेन्द्रराज भट्टले जानकारी दिनुभएको छ ।
प्रहरीले बरामद गरि पशु सेवा कार्यालयमा जाँचबुझको लागि पठाएको हड्डीको ओसार पसारको लागि चाहिने आवश्यक कागजात अन्तरगत ‘हड्डीएको उत्पादन कसरी गरियो र कुन प्रंयोजनको लागी कहाँ लैजाने’ भन्ने प्रमाण नपुगेकाले नष्ट गरिएको वरिष्ठ पुश चिकित्सक भट्टले जानकारी दिनुभएको छ ।
हड्डीको ओसार पसार बाहिरी रुपमा कुखुराको दाना उत्पादनको लागि देखिएपनि पछिल्लो समय लागु औषध उत्पादन तथा खानाको स्वाद दिने अजिनामोटो लागयतमा बढी प्रयोग भएको पाइएको छ ।
पशु सेवा कार्यालय तथा मान्यता प्राप्त सरकारी पशु चिकित्सकले चाहेको समया सहजै ‘ओसारपसार पसारको प्रमाणपत्र’ पाइने वरिष्ठ पुश चिकित्सक भट्टले बताउनुभयो ।
प्रकाशित मिति: 2014-05-20 03:18:22
प्रतिक्रिया: