एमालेका सबै नेता रोगी
Admin / 2014-05-19 22:44:57
नेपाल व्युरो–जेठ ६,काठमाण्डौं ।
पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाललाई चिकित्सकहरुले भविष्यमा छातीको संक्रमण हुन नदिन धुलो र धु“वाबाट बच्न सल्लाह दिएका छन् ।
चिसो पेय सेवन र धपेडी नगर्न पनि उनीहरुले सुझाएका छन् । सुधार कायम रहे उहालाई तीन चार दिनभित्र डिस्चार्ज गरिने चिकित्सकले जनाएका छन् ।
६१ वर्षीय नेपाललाई उच्च ज्वरो, खोकी, पिसाव पोल्ने लगायतका समस्या देखिएपछि गत बुधवार साझ बीर अस्पताल भर्ना गरिएको थियो । निमोनिया र पिसाबसम्बन्धी संक्रमण्ँ देखिएपछि उनलाई आइसियुमा अक्सिजन दिएर उपचार शुरु गरिएको थियो ।
बिहिवारदेखि उहालाई अक्सिजन हटाएर सेमी आइसियुमा राखिएको थियो ।
त्यस्तै नेकपा एमले महासचिव इश्वर पोखरेल अस्वस्थ हुनुभएको छ । उहालाई पिसावसम्वन्धी समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार अहिले घरमै आराम गरिरहनुभएको छ ।
प्रकाशित मिति: 2014-05-19 22:44:57
प्रतिक्रिया: