नेपाल व्युरो–जेठ ६,काठमाण्डौं ।
इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सोमबार राती किंग्स ईलेभेन पञ्जावले दिल्ली डेयर डेभिल्सलाई ४ विकेटले हराएको छ ।
फिरोज शाह कोट्ला मैदान दिल्लीमा १ सय ६५ रनको लक्ष्य पञ्जावले २ बल बा“की छदा भेट्टायो ।
पञ्जाबको जीतमा मनन बोहरा र अक्षर पटेलले समान ४२ रनको योगदान गरे । दिल्लीका ईमरान ताहिरले ३ तथा जेपी डुमिनीले २ विकेट लिए ।
यसअघि
पहिले ब्याटिङग गरेको दिल्लीले पुरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय
६४ रन बनाएको थियो । दिल्लीका लागि दिनेश कातिर्कले सर्वाधिक ६९ रन बनाए ।
पञ्जावका सन्दीप शर्मा र ब्यूरन हेन्रिकले ३ ३ विकेट लिएका थिए ।
जितपछि शीर्È स्थानमा रहेको पञ्जावको १८ अंक पुगेको छ । दिल्ली भने ४ अंक सहित पुछारमा छ ।
त्यस्तै
हिजो भएको अर्को खेलमा इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा हिजो नै
भएको पहिलो खेलमा मुम्बइ इण्डियन्स बिजयी भएको छ । पहिले ब्याटिङ गरेको
मुम्बइले पूरै २० ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ७८ रन जोड्यो । १ सय ७९
रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको राजेस्थान पुरै २० ओभरको
खेल समाप्तीमा ८ विकेट गुमाएर मात्र १ सय ५३ रनमा समेटिएको हो ।
आज सनराइज हैदरावाद र रोयल च्यालेन्जर्स वैंङ्लोर अनि कोलकाता नाइटराइडर्स र चेन्नाई सुपरकिंग्सवीच भिडन्त हुंदैछ ।