मुलुक भ्रष्टाचारको जालोभित्र फस्यो : नेता भट्टराई
Admin / 2014-05-19 04:46:29
नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ ।
एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले मुलुक भ्रष्टाचारको जालोभित्र फसेको भन्दै यसलाई समयमै निर्मूल गर्न नसके भयावह रुप लिने चेतावनी दिनुभएको छ ।
पर्यटन व्यवसायीको आन्दोलनमा ऐक्यवद्धव जनाउन आज भृकुटीमण्डपमा पुग्नुभएका भट्टराईले नेपाललाई भ्रष्टाचारजन्य क्यान्सरले सताएको भन्दै यसलाई समयमै निर्मूल गर्न नसके भयावह रुप लिने चेतावनी दिनुभएको हो ।
आफ्नो अधिकार प्राप्ति र भ्रष्टाचार अन्त्य गर्ने अभियानमा लागेका पर्यटन व्यवसायीलाई आफ्नो र आफ्नो पार्टीको समर्थन रहेको बताउनुभयो । पर्यटन बोर्डमा भएको अनियमितताको छानविन गरी तत्काल सार्वजनिक गर्नुपर्ने भन्दै भट्टराईले देशका प्रत्येक निकायमा भ्रष्टाचारमा लिप्त हुनेहरुको संख्या बढेको बताउनुभयो ।
यस्ता गतिविधि राज्यको समग्र रुपान्तरणका लागि बाधक हुने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । भट्टराईले भ्रष्टचार विकासको बाधक भएको भन्दै यस्ता गतिविधि तत्काल रोक्न नसके लोकतन्त्रको सुरक्षा हुन नसक्ने भन्दै अर्थतन्त्र धरापमा पर्ने बताउनुभयो । पर्यटन बोर्डमा मात्र नभएर हरेक निकायमा भ्रष्टाचार र अनियमितता विरुद्धको आन्दोलन गर्नु आवश्यक रहेको उहाँको भनाई थियो ।
प्रकाशित मिति: 2014-05-19 04:46:29
प्रतिक्रिया: