संविधानसभा बाहिर रहेका दललाई भित्र ल्याउन उपसमिति गठन
Admin / 2014-05-19 04:07:27
नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ ।
संविधानसभा बाहिर रहेका दलहरुलाई संविधान लेखन प्रक्रियामा ल्याउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितीले उपसमिति गठन गरेको छ ।
सिंहदरबारमा आज बिहान बसेको समीति वैठले समिति सदस्य पुर्णबहादुर खण्डकको संयोजकत्वमा नौ सदस्य उपसमिति गठन गरेको हो । उपसमितिलाई संविधानसभा बाहिर रहेका दलहरुलाई औपचारीक तथा अनौपचारीक वार्ता गर्दै संविधान लेखन प्रक्रियामा सहभागि गराउने खाका तयार पार्न १५ दिनको समय दिईएको छ ।
उपसमितीलाई संविधान लेखनका क्रममा दलहरुबीच देखिएको विवाद पहिचान गरी समितिमा पेश पर्न समेत निर्देशन दिईएको छ । समीतिको वैठकमा संविधान निमार्णको काम छाडेर सभासदहरु विदेश भ्रमणमा जान थालेको भन्दै संभासदहरुले विरोध समेत जनाएका छन ।
बैठकमा अधिकांश समीति सदस्यहरुले सभासदको विदेश भ्रमणको पनि मापदण्ड तय गर्नुपर्नेमा जोड समेत दिएका छन । बैठकमा संविधान लेखनका क्रममा दलहरुबिच देखिएको मतभेद अन्त्य गर्न चाडै छलफल सुरु गर्नु पर्ने आवाज समेत उठेको छ ।
प्रकाशित मिति: 2014-05-19 04:07:27
प्रतिक्रिया: