नेपाल र भुटानबीच सातामा २१ उडान भर्ने सम्झौता
Admin / 2014-05-18 07:09:31
नेपाल ब्युरो–जेठ ४, काठमाडौ ।
नेपाल र भुटानबीच सातामा २१ उडान भर्ने सम्झौता भएको छ ।
भुटानको राजधानी थिम्पुमा हिजो उडान सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । यस सम्झौताबाट दुई देशबीच दैनिक तीन उडान भर्न सकिने छ । सन् २००४ मा भएको सम्झौतालाई पुनरावलोकन गरी नयाँ व्यवस्था गरिएको हो ।
नेपाल र भुटानमा अव दुई वायुसेवाले उडान भर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार हाल दुई देशले एउटामात्र वायुसेवाबाट सातामा सातवटा मात्र उडान भर्दै आएका थिए ।
हाल नेपालबाट निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्धएयर र भुटानबाट ड्रुक एअरले उडान गरिरहेका छन् । नयाँ सम्झौताअनुसार अब दुवै देशले थप एकएकवटा वायुसेवाबाट उडान गर्न पाउने भएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार दुवै देशका सरकारले अनुमित दिएका वायुसेवाबाट व्यापारिक उडान गर्न र सम्झौता अनुसारका गन्तव्यमा उडान गर्न दिने गरी सहमति भएको छ ।
प्रकाशित मिति: 2014-05-18 07:09:31
प्रतिक्रिया: