अब बन्ने संविधान जनताको साझा दस्तावेज बन्नुपर्छ : थापा
Admin / 2014-05-18 06:57:47
नेपाल ब्युरो–जेठ ४ काठमाडौ ।
राष्ट्रिय प्रजातन्त्रपार्टी नेपालका अध्यक्ष कमल थापाले अब बन्ने संविधान जनताको साझा दस्तावेज बन्नुपर्ने बताउनु भएको छ ।
राप्रपा नेपाले आजदेखि राजधानीमा सुरु गरेको घरदैलो कार्यक्रमको सुरुवात गदै अध्यक्ष थापाले सहमति र समझदारीमा संविधान बने मात्रै टिकाउ हुने बताउनु भयो ।
थापाले राजनीतिक दल विषेशको एजेण्डा स्थापित गराउने संविधान बने आफूहरुलाई अमान्य हुने पनि जिकीर गर्नु भयो । संविधान निमार्ण प्रक्रियामा आफनो पार्टी रचनात्मक र सकरात्मक भुमिका खेलेको बताउदै उहाले २०६२ ६३को आनदोलन पछि देशलाई गलत मार्गबाट अगाडि बढाईएका कारण समस्या उत्पन्न भएको बताउनु भयो ।
आगामि जेठ १० गते देखि १३ गते सम्म काठमाडौमा हुन लागेको माहाधिवेशनमा जनसहभागिता जुटाउन आजदेखि ललतिपुरको पुल्चोकबाट घरदैलो अभियान सुरु गरेको राप्रपा नेपालले जनाएको छ ।
प्रकाशित मिति: 2014-05-18 06:57:47
प्रतिक्रिया: