टोकियो । गल्कोट समाज जापानले मृतक ण प्रसाद लोहनीको परिवारलाई नगद ८ लाख ४५ हजार ८ सय ३८ राहत रकम हस्तान्तरण गरेको छ । राहत रकम मृतक लोहनीका आमा यामकुमारी र श्रीमती लक्ष्मी लोहनीलाई एक साथ् हस्तान्तरण गरिएको हो । लोहनीकोनिधन जापानमा भएको थियो l
घुम्टेमा सम्पन्न लालिगुराँस महोत्सबका सहयोगका लागि नगद ९१ हजार ३ सय ५० सहयोग रकम हस्तान्त्रण गरिएको छ ।
साथै गल्कोट समाज जापानले गल्कोट क्षेत्रका बिभिन्न ५ बिद्यालयलाई आर्थिक सहयोग समेत प्रदान गरेको छ । बिद्यालयको शैक्षिक गुणस्तर सुधार र कम्प्युटर शिक्षाका लागि छनौटमा परेका दुर्गा भवानी माबि तारा, बराहखोला निमाबि हिल, प्रगति प्रा बि मल्म, गलकोट उच्च माबि हटिया र नवयुवक निमाबि नरेठाँटीलाई प्रति बिद्यालय ५०/५०हजार नगद हस्तान्तरण गरिएको हो ।
सो कार्यक्रम गल्कोट समाजका संस्थापक अध्यक्ष तथा सल्लाकार कृष्ण गौचन समाजका उपाध्यक्ष नरबहादुर थापा र कोषाध्यक्ष दिलु खत्रीले सयुक्त रुपमा हस्तान्तरण गर्नुभयो l
कार्यक्रम गल्कोट समाज गल्कोटका अध्यक्ष हर्क पाण्डेको अध्यक्षता, सदस्य छुम बहादुर थापाको स्वागत र सचिव देबेन्द्र खत्रीको संचालनमा गल्कोटमा सम्पन्न गरिएको थियो ।
स्मरणरहोस गतसाल मात्रै गल्कोट समाज जापानले परदेशमा मृत्युहुनुभएका परिवार र नानीहरुको शिक्षाको लागी २ करोड़ भन्दा बढ़ी रक़म प्रदान गरेको थियो ।