जापान समाचार

नेपाल फेस्टिबल आयोजक समितिले पुर्णता पायो

एनआरएनद्वारा अनुजराज र माईकल सम्मानित
MiteriJapan Reporter / 2014-05-17 09:01:59


जापान ब्युरो-१६ मे, टोक्यो।

यस बर्षको नेपाल फेस्टिबललाई भब्य, सभ्य पुर्बक सफल बनाउन युको ओकोमोतो मल्लको संयोजकत्वमा रहेको आयोजक समितिलाई बिस्तार गरि पुर्णता दिएको छ। उप-संयोजकमा एनआरएन जापानका दिपक के.सी रहेका छन।आज एनआरएन जापानको आयोजनामा मिलन रेस्टुरेन्टमा भएको संघसंस्थाको प्रतिनिधिहरुको भेलाले फेस्टिबल आयोजक समितिलाई पुर्णता दिने निर्णय गरेको हो।भेला एनआरएन जापानको कार्यलय कितासिन्जुकुमा गर्ने भनिए पनि सहभागी संख्या धेरै भएपछि मिलन रेस्टुरेन्टमा सारिएको हो।जापानमा सक्रिय रहेका संस्थाहरुको प्रतिनिधिहरु मुल आयोजक समितिमा सदस्य रहेका छन। मुल आयोजक समिति अन्तर्गत बिभिन्न उप-समितिहरु पनि आजै गठन गरिएको छ।

अनुजराज र माईकाल सम्मानित,

आफ्नै ज्यान जोखिममा राखेर रेलको लिकमा परेकी जापानी महिलालाई उद्धार गर्ने नेपाली युवक अनुज राज कार्की र आफन्त भेटन आएका बृद्दलाई भेटाउने माईकल शेरचनलाई एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले खदा ओडाएर सम्मान गरेको छ। सम्मान पछि बोल्दै अनुजराजले एकजना मान्छेको क्षतबिक्षत शरिर देख्न नपरोस भन्ने भावनाले गर्दा उद्दर गर्न सकेको बताए।

अनुजराजलाई बिहिबार साँझ एक विशेष कार्यक्रम गर्दै जेआर हिगासी निहोनले पनि एक लाख जापानी ऐनको शपिङ कार्ड सहित सम्मान गरेको थियो।

बिजय गुरुङ रिहाई सहयोग समितिको गठन

खानागावा केनको कावासाकी सडक क्षेत्रमा गत महिना कार दुर्घटनामा एक जापानीजको निधन पछि फरार रहेको आशंकामा अनुसन्धानका लागि जापानी प्रहरीले पक्राउ गरेका बिजय गुरुङको रिहाईको लागि आबश्यक सहयोग गर्न आजैको भेलाले टासी लामाको संयोजकत्वमा बिजय गुरुङ रिहाई सहयोग समितिको निर्माण गरिएको छ। भेलामा बोल्दै पक्राउ परेका बिजय गुरुङका मंगेतर निता गुरुङले आफुसंगको भेटमा बिजय गुरुङले घटनाको केही समय अगाडी दुर्घटना भएको क्षेत्रमा गएको भएपनि घटना आफुद्वारा नभएको आत्मबिश्वासको साथ भनेकोले उनी निर्दोष रहेको कुरामा शंका नरहेको बताए। साथै, गुरूङसंग भेटपछि जापानी कानुनी ब्यबसायीले पनि उनमा रहेको आत्मबिश्वासले निर्दोष रहेको भनि बताएको पनि सुनाए। बेलायतबाट २ साता पछि बैंककमा बिवाह बन्धनमा जापान आएका निता गुरुङले सहयोगको लागि अनुरोध गरेका थिए।

भेलामा बोल्दै एनआरएन,जापानका अध्यक्ष पारसमणि पोखरेलले नेपाल महोत्सब भब्य बनाउन अनि बिजय गुरुङको रिहाईको लागि सहयोग गर्न जापानबासी नेपालीलाई अव्हान गरेका थिए। भेलाको सञ्चालन एनआरएन, जापानका केन्द्रिय सदस्य प्रकाश पौडेल माईलाले गरेका थिए। 

अनुजराज कार्कीलाई सम्मानित गर्दै एनआरएन, जापानका अध्यक्ष पारशमणि पखरेल। फोटोःकुमार मोक्तान
अनुजराज कार्कीलाई सम्मानित गर्दै एनआरएन, जापानका अध्यक्ष पारशमणि पखरेल। फोटोःकुमार मोक्तान
प्रकाशित मिति: 2014-05-17 09:01:59
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing