राजनीतिक सभामा भाग नलिएर माओवादीले सहमतिको अवसर गुमायो : सिंह
Admin / 2014-09-18 04:44:19
नेपाल ब्युरो–असोज २, काठमाडौ ।
उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेकपा–माओवादीले राजनीतिक सभामा भाग नलिएर सहमतिको अवसर गुमाएको बताउनुभएको छ ।
उहाँले राजधानीको शोभाभगवतीमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै माओवादीले सर्वदलीय राजनीतिक सभामा भाग नलिएर संविधान निर्माणमा सहमति जुटाउन महत्वपूर्ण अवसर गुमाएको बताउनुभएको हो ।
नयाँ संविधान सहमति र सहकार्यमा नै तयार हुनुपर्छ भन्ने मूल मान्यताले आफ्नो पाटीका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले सर्वदलीय राजनीतिक सभा राख्नुभएकामा नेकपा–माओवादीले भाग लिएर आफ्नो भनाइ नराखेर गम्भीर भुल गरेको उपप्रधानमन्त्री सिंहले टिप्पणी गर्नुभयो ।
नेकपा–माओवादीसित संविधान निर्माणमा सहमति जुटाउन सहकार्य समाप्त भई नसकेको भन्नुहुँदै उहाँले निर्धारित समयभित्र संविधान जारी गर्न आफ्नो पार्टी हदैसम्मको लचकताका साथ प्रस्तुत भएको दावी पनि गर्नुभयो ।
प्रकाशित मिति: 2014-09-18 04:44:19
प्रतिक्रिया: