सवंैधानिक सहमति समितिको प्रतिवेदनमाथिको छलफल आज टुङ्गाइने
Admin / 2014-09-18 02:50:25
नेपाल ब्युरो– असोज २, काठमाडौ ।
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलले आज अन्तिम रुप पाउँने भएको छ ।
संविधानसभा भवन नयाँ वानेश्वरमा जारी बैठकमा संवैधानिक राजनीतिक संवाद समितिको प्रतिवेदनमाथिको छलफल टुङ्गाइने भएको हो ।
आजको बैठकमा नै समिति सभापति डा बाबुराम भट्टराईले समितिको प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ ।
बैठकमा छलफल गरिसकेपछि सहमति भएका बिषयलाई मस्यौदा समितिमा मस्यौदाका लागि पठाईने छ भने विमतिका विषयलाई सहमति जुटाउनका लागि फेरी संवाद समितिमै पठाउने तयारी छ ।
यसैबीच व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ । दिउँसो ३ बजेका लागि बैठक तय भएको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: 2014-09-18 02:50:25
प्रतिक्रिया: