तराईमा थारु समुदायले जितिया पर्व मनाउँदै
Admin / 2014-09-16 03:18:52
नेपाल ब्युरो– भदौ ३१, काठमाडौ ।
तराईमा आज थारु समुदायका महिलाहरुले जितिया पर्व मानउँदैछन् ।
तराईका विभिन्न जिल्लाहरुमा थारु समुदायका महिलाहरुले यो पर्व मनाउँदैछन ।
सन्तानको दीघार्यु र सुस्वास्थ्यको कामना तथा शिशुलाई मृत्युबाट जोगाउन यो पर्व मनाउने परम्परा रहेको छ ।
आश्विन कृष्णपक्षको सप्तमीदेखि सुरु हुने जितिया पर्व नवमीसम्म मनाउने गरिन्छ । उनीहरु जितियाँको अघिल्लो दिन नजिकको इनार, जलासयमा स्नान गरेर जितियाको सुरुवात गर्ने गर्दछन ।
थारु महिलाहरुले जितियाको अघिल्लो राति ओटघन (दर) खाई ब्रत बस्ने गर्दछन । उनीहरु आजका दिन पानी पनि नखाई दिनभर ब्रत बस्ने गर्दछन ।
विशेष गरी यो दिन विवाहित महिलाहरुले जितमहानको कथा सुन्ने गर्दछन ।
प्रकाशित मिति: 2014-09-16 03:18:52
प्रतिक्रिया: