सर्वपक्षीय राजनीतिकसभा स्थगित
Admin / 2014-09-16 02:53:22
नेपाल ब्युरो– भदौ ३१,काठमाडौ ।
नेकपा माओवादीसहित र्सविधानसभामा नभएका दलसहित हुने भनिएको सर्वपक्षीय राजनीतिकसभा अनिश्चित बनेको छ ।
एजेण्डा र प्रक्रियाको बारेमा विवाद भएपछि आज हुने भनिएको सर्वपक्षीय राजनीतिकसभा अनिश्चित बनेको हो ।
सभामा छलफल गरिने बिषय र प्रक्रियाको बारेमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र नेकपा–माओवादीबीच कुरा नमिल्दा सभा अनिश्चित बनेको हो । नेकपा–माओवादीले आज हुने सर्वपक्षीय राजनीतिक सभामा सहभागी नहुने अडान लिएको छ ।
प्रमुख चार दलका शीर्ष नेताहरुबीच भएको छलफल असफल भएपछि सम्मेलन अन्योलमा परेको छ । बैद्य माओवादीले शान्ति प्रक्रियासहितका विषयलाई पनि सम्मेलनको एजेण्डा बनाउनु पर्ने माग गरेको छ । तर, कांग्रेस र एमालेले असहमति जनाएपछि बैद्य माओवादीका नेताहरु सम्मेलनमा सहभागी नहुने भन्दै बाहिरिएका छन् ।
बैद्य माओवादीका नेताहरुले पदाधिकारी बैठक बसेर थप निर्णय गर्ने बताएका छन् ।
प्रकाशित मिति: 2014-09-16 02:53:22
प्रतिक्रिया: