नेपाल शेर्पा संघ, जापानले हरेक बर्ष झै यस बर्ष
पनि बार्बेक्यु तथा भेटघाट कार्यक्रम गरेको छ।
टोकियोको किवा पार्कमा गत आईतबार भएको
कार्यक्रममा जापानका संघसंस्था, जापानबासी नेपालीहरुको उल्लेखनिय उपस्थिति रहेको
थियो।
कार्यक्रममा नेपाल शेर्पा संघ, जापानलाई नगद १०
मान एन आर्थिक सहयोग गर्ने निमा नोर्बुलामा,बार्बेक्यु संचालनको लागि आर्थिक सहयोग
गर्ने दोर्जी शेर्पा र संस्थालाई निरन्तर सहयोग गर्ने पासाङ शेर्पा,ङवाङ शेरे
शेर्पा,छोङबा शेर्पा लगायतलाई खादा लगाएर सम्मान गरेको थियो।
संस्थाका अध्यक्ष ल्हाक्पा गेलु शेर्पाले सहभागी र सहयोगी सबैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।