एमाओवादी उपाध्यक्ष बोगटीको आज विहान निधन
Admin / 2014-09-15 03:08:37
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ ।
एकीकृत माओवदी नेता पोष्टबहादुर बेगटीको आज निधन भएको छ ।
उहाँको उपचारको क्रममा आज निधन भएको हो ।
तीन दिन अघि हृदयघातका कारण उपचार गराइरहनु भएका बोगटीको आज बिहान साढे ७ बजे उपचारकै क्रममा निधन भएको छ । यसैवीच वोगटिलाई एकीकृत माओवादीको केन्द्रिय समितिले पार्टिको झण्डा ओढाई श्रद्धाञ्जली दिइएको छ । साथै उसले तीन दिन सम्म पार्टिको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ । आज विहान बसेको केन्द्रिय कमिटिको बैठकले तीन दिन सम्म कुनै औपचारीक कार्यक्रम नगर्ने र असोज ५ गते सबै जिल्लाहरुमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
बोगटिको शवलाई श्रद्धाञ्जलीका लागि अहिले खुलामञ्चमा राखिएको छ ।
बोगटीको नर्भिक अस्पतालमा भेन्टिलेटर अर्थात कृत्रिम स्वासप्रस्वास दिएर उपचार भइरहेको थियो । नर्भिक अस्पतालका अनुसार बोगटीको मस्तिष्कको देव्रे भागमा रक्तस्रावसहित रगत जमेको थियो भने शरीरको दाहिने भागमा पक्षघात भएको थियो । राति हृदयघात र मस्तिष्कघात भएपछि उहाँलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । केन्द्रमा मुटुको शल्यक्रिया गरेपछि उहालाई नर्भिक अस्पताल लगिएको हो ।
यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले शान्ति प्रकृयालाई टुंगोमा पु¥याउदै समयमा संविधान जारी गर्नु नै एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
प्रकाशित मिति: 2014-09-15 03:08:37
प्रतिक्रिया: