संविधान जारी गरे पनि आपत्ति छैन : गजुरेल
Admin / 2014-09-14 05:42:13
नेपाल ब्युरो– भदौ २९, काठमाडौ ।
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संविधान जारी गरे पनि आफूहरुको आपत्ति नरहेको स्पष्ट पार्नुभएको छ ।
उहाँले संविधानसभाबाटै संविधान जारी गरे पनि आफूहरुको आपत्ति नरहेको स्पष्ट पार्नुभएको हो ।
राजधानीमा आज आयोजित एक साक्षात्कार कार्यक्रामा बोल्नुहुँदै उहाँले दलहरु राष्ट्रिय राजनीतिक सम्मेलन गर्न तयार भएकोले संविधानको अन्तरवस्तुमा सहमती भएपछि सम्मेलन वा संविधानसभा जहाँबाट संविधान जारी गरे पनि आफूहरुलाई आपत्ति नहुने बताउनुभयो ।
गजुरेलले राष्ट्रिय राजनीतिक सम्मेलनको आयोजना हुनु मुलुकको राजनीतिमा आईस ब्रेक भएको भन्दै सम्मेलनमा शान्ति प्रक्रिया निष्कर्समा पु¥याउने, संविधानका अन्र्तबस्तुमा सहमति जुटाउने र समसामयिक राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयबस्तुको विषयमा छलफल हुने एजेण्डा रहेको बताउनुभयो ।
प्रकाशित मिति: 2014-09-14 05:42:13
प्रतिक्रिया: