भारतीय प्रधानमन्त्री सिंहद्धारा राजिनामा
Admin / 2014-05-17 04:59:56
जेठ ३, एजेन्सी । भारतका प्रधानमन्त्री मनमोहन सिंहले पदबाट राजिनामा दिएका छन् ।
चुनावमा सत्तारुढ काँग्रेस आईको शर्मनाक पराजय र विपक्षी भारतीय जनता पार्टीको शानदार विजयपछि प्रधानमन्त्री सिंहले राजिनामा दिएका हुन् । राष्ट्रपति प्रणव मुखर्जीले सिंहको राजिनामा स्वीकृत गरेको भारतीय संचार माध्यमले जनाएका छन् । दशवर्षदेखि भारतको प्रधानमन्त्री रहेका थिए ।
राजिनामा दिनुअघि सिंहले राष्ट्रका नाममा सम्बोधन गर्दै जितका लागि भारतीय जनता पार्टीलाई बधाई दिएका थिए ।
सिंहले आफ्नो जीवन र सरकारको कार्यकाल खुला किताब जस्तै भएको बताएको भारतीय संचार माध्यमले जनाएका छन् ।
भारत दुनियाको बदलिँदो अर्थ व्यवस्थाको उदाउँदो अहम अर्थ व्यवस्था हुने दिन आएको भन्दै सिंहले परम्परालाई आधुनिकताका साथ र विविधतालाई एकताका साथ मिलाएर देशले दुनियाँलाई अगाडिको बाटो देखाउन सक्ने बताउनुभयो ।
प्रधानमन्त्री सिंहले नयाँ सरकारलाई सफलताको शुभकामना पनि दिएका थिए ।
प्रकाशित मिति: 2014-05-17 04:59:56
प्रतिक्रिया: