संविधानसभाको बैठक आज बस्ने
Admin / 2014-09-14 03:39:12
नेपाल ब्युरो– भदौ २९, काठमाडौ ।
संविधानसभाको बैठक आज पनि बस्ने भएको छ ।
बैठकमा आज पनि संवैधानिक राजनीतिक संवाद तथा सहमतिको प्रतिवेदनमाथिको छलफलाई निरन्तरता दिइने भएको हो ।
संविधानसभा भवन नयाँ वानेश्वरमा बोलाइएको संविधानसभा बैठकमा आज पनि प्रतिवेदनमाथिको छलफलले जारी राखिने संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
संविधानसभाको ५४ औ बैठकमा अघिल्लो संविधानका सहमति र असहमतिका बुँदामा सभासदहरुले आआफ्नो धारणा राख्ने भएका हुन् । केही दिन ति बुदाँमा छलफल जारी राखिने र सहमति भएका विष्य मस्यौदा समितिमा र विमतिका विषय फेरी संवाद समितिमा नै फिर्ता गरिनेछ ।
यसैबीच व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ । दिउँसो ३ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्ने तय भएको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । बैठकको समय र मिति तय भएपनि एकीकृत माओवादीलगायत विपक्षी दलहरुको अवरोधका कारण बैठक लगातार अवरुद्ध भइरहेको छ ।
प्रकाशित मिति: 2014-09-14 03:39:12
प्रतिक्रिया: