भरतपुर, २९ भदौ । चितवनमा अवैध यौनकार्यमा लागेको अभियोगमा प्रहरीले ४३ जनालाई
पक्राउ गरेका छ ।पक्राउ पर्नेमा अधिकांश पति विदेशमा रहेका महिलाहरू छन् ।
भरतपुरको नारायणगढ बसपार्क र केन्द्रीय
बस टर्मिनल आसपास क्षेत्रका होटलहरूमा अवैध यौनधन्धा गरेको आरोपमा ४३ जनालाई पक्राउ
गरिएको हो ।स्थानीयको गुनासो आएपछि होटेलहरूमा छापामारी अवैध यौनधन्धामा संलग्न महिला
तथा पुरुषलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए
।
अवैध यौनधन्धा हुने गरेको गुनासो बढेपछि
प्रहरीले शनिबार दिनभरि विभिन्न होटलहरूमा छापामारेको हो । प्रहरी निरीक्षकको नेतृत्वमा
चार टोली परिचालन गरिएको थियो ।
३० वटा होटलबाट ४३ जनालाई पक्राउ गरेको
नायब उपरीक्षक कोइरालाले बताए । पक्राउ परेकाहरू १६ देखि ३५ वर्ष उमेर समूहका महिला–पुरुष छन् ।‘पक्राउ
परेका अधिकांश किशोर–किशोरी छन्,’ कोइरालाले भने, ‘त्यसमा पनि पति विदेशमा रहेका विवाहित महिलाहरू
पक्राउ परेका छन् ।’
प्रहरीले तीस जनालाई छाडिदिएको छ । २ पुरुषसहित
१३ जनालाई भने थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको कोइरालाले बताए । अवैध यौनधन्धामा
संलग्न रहेको अभियोगमा यसअघि संलग्नरहेकाहरू पनि पुनः पक्राउ परेका छन् ।
प्रहरीले नवदुर्गा, सुविधा, सिराइचुली, चौधरीलगायतका होटलबाट महिला र पुरुषलाई
अनैतिक कार्य गर्दै गरेको अवस्थामा जोडीसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये
केहीलाई चेतावनीसहित सुध्रिने मौकासहित छाडिएको नायब उपरीक्षक कोइरालाले बताए ।