मोटरसाइकल दुर्घटनामा कांग्रेस कोषाध्यक्षको मृत्यु
Admin / 2014-05-17 04:51:27
नेपाल ब्युरो- जेठ ३ , नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको लोकाहा
ओरालोमा गएराति मोटरसाइकल दुर्घटना हुदा नेपाली कांग्रेस नवलपरासीका
कोषाध्यक्ष चन्द्रबहादुर आलेको मृत्यु भएको छ ।
कावासोतीबाट
गैडाकोट जाँदै गरेको ना ११ प ५३९२ नम्बरको मोटरसाईल दुर्घटना हुदा
कोषाध्यक्ष आलेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
दुर्घटना लगतै घाईतेको उपचारका लागि दलदलेको देवचुली अस्पतालमा
पु¥याइएको थियो । अस्पताल पु¥याउदा आलेको मृत्यु भइसकेको अस्पतालले जनाएको छ
।
मोटरसाइकलमा सवार अर्का दानबहादुर बकावल मगरको थप उपचारका लागि
चितवनको भरतपुर मेडिकल कलेज पठाइएको ईलाका प्रहरी कार्यालय कावासोतीका
डिएसपी बामदेव गौतमले जानकारी दिनुभयो ।
कोटथर गाविसका आले कांग्रेसको पहाडी भेगको अगुवा नेता मानिनुहुन्छ । शवलाई प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ ।
आज
बिहान कांग्रेस कार्यकर्ता भेला भएर परिवारको सल्लाहका आधारमा दाहसंस्कार
गरिने नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र आले मगरले जानकारी
दिनुभयो ।
प्रकाशित मिति: 2014-05-17 04:51:27
प्रतिक्रिया: