टोक्यो | एनआरएन जापानले आगामी हप्ता जापानमा हुन लागेको दुइ ऐतिहासिक कार्यक्रमहरुमा सहभागी हुन सम्पूर्ण जापानबासी नेपालीहरुलाई आह्वान गरेको छ | एनआरएनको ८ औं क्षेत्रीय सम्मेलन१८ र १९ तारिक राजधानी टोकियोबाट २ सय किलोमिटर टाढा रहेको नागानो स्थित होटल तातेसिनामा हुन लागेको छ भने नेपाल फेस्टिबल २० र २१ तारिक टोक्यो स्थित उएनो पार्कमा हुन लागेको छ|
संस्थाका अध्यक्ष पारसमणि पोखरेलद्वारा
जारी बिज्ञप्तिमा भनिएको छ एनआरएन जापानको मुख्य
आयोजना र जापानमा क्रियाशील सम्पूर्ण संघ सस्थाको सहयोगमा हुन गैरहेको अहिले
सम्मकै भब्य अनि ऐतिहासिक नेपाल फेष्टिबल र एन आर एन जापान आयोजक राष्ट्रको रुपमा अग्रसर
हुदै आयोजना गरिएको एन आर एन क्षेत्रीय सम्मेलन यी दुबैलाई भब्य र सभ्य रुपमा सम्पन्न
गराउने जिम्मा हामी सम्पूर्ण जापानबासी नेपालीको काँधमा आएको छ | साथै यसैको तयारीका दौरानमा विभिन्न क्षेत्रहरु
बाट देखाउनु भएको चासो , क्रियाशीलता र सहयोगलाइ एन आर एन जापान
सबै जापानबासी नेपालीहरुमा धन्यवाद ब्यक्त गर्दै
यहाहरुले अहिले सम्म देखाउनु भएको सहयोगलाई मुर्तरुप दिन कार्यक्रमको दिन यहाहरुको
उपस्थिति अपरिहार्य हुने भएकोले कार्यक्रममा उलेख्य उपस्थिति हुनेमा पूर्ण बिश्वाश
राख्दै सम्पूर्ण जापानबासी नेपालीहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ |
आफ्नो कर्म भुमि मा विभिन्न देशहरुबाट सहभागी हुनुहुने अतिथिहरुलाई स्वागत गर्न पाउनु एक सुनौलो अवसर पनि भएको भन्दै अध्यक्ष पोखरेलले सम्मेलनमा विभिन्न देशहरु बाट १सय५० भन्दा बढी प्रतिनिधिहरु रहनुका साथै नेपालबाट बरिष्ट व्यक्तित्वहरुको उपस्थित हुनुहुने सम्मेलनमा सहभागी हुनको लागि अनुरोध गरेका छन |