हालै टोकियोको चियोदा-कु स्थित एक इन्डियन
रेस्टुरेन्टको खानाका कारण ९ जना जापानिजहरुमा टाइफाइड ज्वरो देखिएको समाचारले आफु
अत्यन्तै चिन्तित बन्न पुगेको जापानका रेस्टुरेन्टहरुको बिजनेस कम्पनि हटपाइसीले जनाएको
छ | केहि दिन अघि देखि सो समाचार जापानी मिडियाहरुमा भाइरल बनिरहेको
छ |
बिशेष गरि नेपालि र इन्डियन रेस्टुरेन्टहरुमा
यस्तो प्रकारको समस्या देखिने गरेको समाचार फेसबुक, टुइटर र यस्तै अरु सामाजिक संजालबाट धेरै
स्पाइसि फुड खान चाहने जापानिजहरुको माझमा पुगिरहेको छ।
मसलादार खाना खान चाहाने जापानिजहरु अहिले
अन्योल र त्रासको अबस्थामा रहेको भए पनि एसियाका स्वाद रहेका रेस्टुरेन्टको खानाहरुको
सूचना,सुबिधा तथा बिभिन्न डिस्काउन्ट
कुपनहरुलाइ ग्राहकहरुको मोबाइल सम्म पुर्याउने काम गरिरहेको हटपाइसीका संचालकले ग्राहकहरु
लाइ ठुलो दुर्घटनाका रुपमा नलिन आग्रह गरेको छ |
अहिलेको टोकियोमा भएको टाइफाइडको रोगको दुर्घटना
मात्र एक प्रतिनिधि घटना हो, जसको समस्याको समाधान भैसक्यो अब यस्तो हुन्
दिने छैनौ, उनीहरुले प्रकाशित बिज्ञप्तिमा
जनाइएको छ |
यो दुर्घटनाबाट अन्य सम्पूर्ण इन्डियन र
नेपालि रेस्टुरेन्टहरुलाइ बचाउनको लागि प्रथमतः सम्पूर्ण इन्डियन र नेपालि रेस्टुरेन्टहरुका
मालिकहरुले अनिबार्य रुपमा जापान सरकारले जारि गरेको रेस्टुरेन्ट फुड सेक्युरिटी नियमावलि
अक्षरंशः पालना गर्नु पर्ने हुन्छ। यसकारण उसले सम्बन्धित सम्पूर्ण ग्राहकहरुलाई यो
रेस्टुरेन्ट फुड सेक्युरिटी आफ्नो सदस्य रेस्टुरेन्टहरुमा पठाइसकेको जनाएको छ ।
साथै उसले भनेको छ यस टाइफाइडको दुर्घटनाका
कारण अन्योलमा परेका सम्पूर्ण जापानिज नागरिकहरुलाइ इ-मेल, इन्टरनेट र मोबईल एप्सको
प्रयोग गरि इन्डियन नेपाली खाना सुरक्षित छ भन्ने खालको सन्देश दिनु पर्ने भएको छ।
अहिले नेपाली इन्डियन रेस्टुरेन्टमा परेको यो ब्यबसायिक क्षतिलाइ सबैले मिलेर सहि ढङ्गले
सामना गर्नको लागिपनि उसले सबैलाइ अनुरोध गरेको छ