चन्द्रनिगाहपुरका किसान तरकारी खेतीतिर आकर्षित
Admin / 2014-05-17 04:10:00
नेपाल ब्युरो- जेठ ३ , रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा एक किसानले व्यवसायिक तरकारी तथा केरा खेतीबाट राम्रो आम्दानी गरेका छन् ।
चन्द्रनिगाहपुर ५ थलाही टोलका विश्वेश्वर प्रसाद कुश्वाहले ४ विगाहमा तरकारी तथा केरा खेति गरेर बार्षिक लाखौको आम्दानी गर्दै आउनु भएको छ । उहाले २ विगाहामा केरा खेति गर्नुभएको छ ।
प्रति कठ्ठा केराबाट बार्षिक ३० हजार रुपैयाँकमाई हुने हुने गरेको छ । केराको बजार राम्रो भएकाले व्यापारी खेतमा नै लिन आउने गरेको कुश्वाहाले बताउनुभयो । केराबाट बार्षिक १२ लाखको आम्दानी हुने गरेको उहाको भनाई छ ।
यस्तै उहँले मौषम अनुसारको तरकारी खेति समेत गर्दै आउनुभएको छ । अहिले उहाले करिब दुई विगाहमा तरकारी खेती गर्नुभएको छ ।
तरकारी खेतिवाट बार्षिक २० लाख आम्दानी हुने गरेको छ । कुश्वाहाले तरकारी तथा केरा खेतीका लागि आफूसँगै दश जनालाई रोजगारी समेत दिनुभएको छ ।
प्रकाशित मिति: 2014-05-17 04:10:00
प्रतिक्रिया: