संविधानसभाको बैठक आज बस्दै
Admin / 2014-09-11 02:36:09
नेपाल ब्युरो– भदौ २६, काठमाडौ ।
संविधानसभाको बैठक आज बस्ने भएको छ ।
एजेन्डा विहिन भएपछि बस्न नसकेको संविधानसभाको बैठक आज बस्ने भएको हो ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सहमति र असहमतिका बुँदा तयार गरेपछि त्यसैमा छलफल गर्न संविधानसभा बैठक बस्न लागेको हो । साँझ ५ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्न लागेको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
यस अािघ हिजो बसेको कार्यव्यवस्था परामर्स समितिको बैठकमा संवाद समितिका सभापति डा बाबुराम भट्टराईले पेस गर्नुभएको सांविधानका अन्तरवस्तुमा भएका सहमति र असहमतिको प्रतिवेदन संविधानसभा बैठकमा छलफल गर्ने निर्णय भएको थियो ।
ती मस्यौदा संविधानसभामा केही दिन छलफल गरी सहमति भएका विष्य मस्यौदा समितिमा र विमतिका विषय फेरी संवाद समितिमा नै फिर्ता गरिनेछ ।
प्रकाशित मिति: 2014-09-11 02:36:09
प्रतिक्रिया: