चार दलका शीर्ष नेताहरुको बैठक जारी
Admin / 2014-09-11 02:23:21
नेपाल ब्युरो– भदौ २६, काठमाडौ ।
नेकपा माओवादी सहित प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ ।
संविधानसभा बाहिर रहेको नेकपा माओवादी सहित प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा माओवादीको माग बमोजिम सर्वपक्षीय राजनीतिक सम्मेलनको मोडालिटी, त्यसको मिति र प्रक्रियाका बारेमा छलफल भइरहेको एमाले सचिव बिष्णु पौडेलले जानकारी दिनुभयो । दलहरुबीच सर्वपक्षीय राजनीतिक सम्मेलन बोलाउने सहमति भए पनि त्यसमा कुन कुन पार्टी रहने, के विषयमा छलफल गर्ने र त्यसको बैधानिकता के हुने भन्ने बारे सहमति भएको छैन ।
चार दलको कार्यदलले पनि यसमा टुंगो लगाउन नसकेकाले शीर्ष नेता सहितको छलफल भइरहेको स्रोतले जनाएको छ । कांग्रेस, एमाले, एकीकृत माओवादी र नेकपा माओवादीका शीर्ष नेताहरुबीच सर्वपक्षीय राजनीतिक सम्मेलन कहिले बोलाउने भन्नेमा पनि सहमति भइसकेको छैन ।
कांग्रेस एमालेले चाँडै सम्मेलन सकेर संविधानसभाको प्रक्रियामा जानुपर्ने अडान राखेका छन् भने माओवादीले यो केही दिन लम्बिने र चरणबद्ध छलफल हुनुपर्ने बताएको छ ।
प्रकाशित मिति: 2014-09-11 02:23:21
प्रतिक्रिया: