प्रक्रियामा गएर भए पनि समयमै लोकतान्त्रिक संविधान जारी हुन्छ : अर्थमन्त्री महत
Admin / 2014-09-10 04:48:54
नेपाल ब्युरो– भदौ २५, काठमाडौ ।
अर्थ मन्त्री डा.रामशरण महतले प्रक्रियामा गएर भए पनि समयमै लोकतान्त्रिक संविधान जारी हुने बताउनुभएको छ ।
उहाँले विवादित विषयमा दलहरुबीच सहमति नभए प्रक्रियामा गएर भए पनि तोकिएको मितिमा कुनै पनि हालतमा लोकतान्त्रिक संविधान जारी हुने बताउनुभएको हो ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै महतले एकीकृत नेकपा माओवादी लगायतका दलले संसद् अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी पूर्ण भएको बताउनुभयो । महतले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको संविधानसभासँग कुनै सम्बन्धमा नरहेकाले संसद अवरुद्ध गर्नु गलत भएको धारणा व्यक्त गर्नुभयो ।
जनताले दिएको जनादेश संविधानसभा भएकाले गैरसंवैधानिक संयन्त्रको कुनै आवश्यक नरहेको धारणा व्यक्त गर्दै महतले संयन्त्रले दिएको सुझाव ग्रहण गर्ने नगर्ने सम्पूर्ण अधिकार सभामा मात्र रहेको प्रष्ट पार्नुभयो ।
प्रकाशित मिति: 2014-09-10 04:48:54
प्रतिक्रिया: