नेपाल ब्युरो– भदौ २५, एजेन्सी ।
बेलायतले ईराकलाई ठूलो परिमाणमा हतियार सहयोग गर्ने भएको छ ।
बेलायतले बिद्रोही संगठन इस्लामिक स्टेटविरुद्ध लड्न ईराकलाई ठूलो परिमाणमा हतियार सहयोग गर्ने भएको हो ।
इराकलाई १६ लाख डलर बराबरको हतियार सहगोग गर्न लागिएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । सो हतियार ढुवानीका लागि मात्रै ४ लाख ७५ हजार डलर खर्च हुने अनुमान गरिएको छ ।
ईराकी सरकारको आग्रहमा दिन लागिएको सो परिमाणको हतियार सम्भवत ः आजै इराक पुग्ने रक्षामन्त्री मिचेल फलोनले बताएको बिबिसिले जनाएको छ ।