दशैंका लागि टिकट बुकिङ खुल्यो
Admin / 2014-09-10 03:00:06
नेपाल ब्युरो– भदौ २५, काठमाडौ ।
दशैंमा काठमाण्डौबाट बाहिरिने यात्रुका लागि बसको टिकट बुकिङ खुल्ला भएको छ ।
दसैँ मनाउन आ आफ्नो घर जानेहरुका लागी आजदेखि बसको टिकट बुकिङ खुल्ला भएको हो ।
गण्डकी अञ्चल बाहेक लामो दूरीका सबै सार्वजनिक यातायातको टिकट बुकिङ खुल्ल्ला भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । गण्डकी अञ्चलको लागि भने आउँदो असोज ५ गते खुला हुने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कलंकी लगायतका स्थनबाट यात्रुले अग्रिम टिकट लिन सक्नेछन ।
दशैंमा गाडी भाडा नबढाउन सरकारले गरेको आग्रहमा व्यवसायी पनि सहमत भएका छन् । दशैंमा अहिलेकै भाडादर कायम हुने र कात्तिकदेखि मात्र बढाइने सिटौलाले बताउनुभयो ।
यस्तै सिट क्षमताभन्दा बढी टिकट नकाट्ने, एउटै सिटमा दुई टिकट सुरक्षित नगर्ने र त्यस्तो भएमा पहिलो खरिदकर्तालाई सिट उपलब्ध गराउने तथा दोहोरो टिकट काट्नेलाई कारबाही गर्ने सहमति पनि भएको छ ।
प्रकाशित मिति: 2014-09-10 03:00:06
प्रतिक्रिया: