विश्व आत्महत्या रोकथाम दिवस आज मनाईंदै
Admin / 2014-09-10 02:45:31
नेपाल ब्युरो– भदौ २५, काठमाडौ ।
विश्व आत्महत्या रोकथाम दिवस वुधबार मनाइँदैछ ।
सो दिवस आज जनचेतनामूलक कार्यक्रम गरी मनाउन लागीएको हो ।
आत्महत्या गर्नेको संख्या बढ्दै गएकाले यसलाई रोकथाम गर्र्न जागरुक बनाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । सामाजिक, साँस्कृतिक र बसोबासका लागि अनुकुल वातावरण नहुनु तथा गरिबी,आत्महत्या गर्नुको मुख्य कारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष झण्डै १० लाख र हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेका छन् ।
आत्महत्या रोकथाम गर्न व्यक्तिलाई नै सचेत गराउन जनचेतनामूलक कार्यक्रम गर्नूपर्ने र उनीहरुलाई तालिम तथा डिप्रेसनबाट बाहिर निकाल्न सरकारले नै अभियान चलाउनुपर्नेमा जोड दिईएको छ ।
प्रकाशित मिति: 2014-09-10 02:45:31
प्रतिक्रिया: