व्यवस्थापिका संसदको बैठक आज बस्दै
Admin / 2014-09-10 02:27:11
नेपाल ब्युरो– भदौ २५, काठमाडौ ।
व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ ।
विनियोजन विधेक माथिको छलफललाई निरन्तरता दिन संसदको बैठक आज बस्ने भएको हो ।
बैठक विपक्षि दल एकीकृत नेकपा माओवादीको विरोधका कारण स्थागित हुदै आइरहेकोले आज पनि अन्यौलका बीच बस्न लागेको छ ।
संविधानसभा भवन नयाँ वानेश्वरमा दिउँसो एक बजेका लागि बैठक तय भएको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले बताउनुभयो । पुर्व सहमति पालना गर्नुपर्ने माग राख्दै एकीकृत माओवदीले बैठक अवरुद्ध गरेको हो ।
गत भदौ १२ गते बसेको संसद बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दहालले संविधानसभा निर्वाचनपछि भएको चार बुँदे सहमति कार्यान्वयनको माग बैठक अवरुद्ध भएको घोषणा गर्नु भएको हो ।
प्रकाशित मिति: 2014-09-10 02:27:11
प्रतिक्रिया: