समयमै संविधान बनाउन युवाले दलहरुलाई सचेत बनाइराख्नुपर्छ : नेपाल
Admin / 2014-09-08 08:10:03
नेपाल ब्युरो– भदौ २३, काठमाडौ ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेपालमा समयमै संविधान जारी गर्नका लागी युवाले दलहरुलाई सचेत बनाइराख्नु आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
विश्व प्रजातान्त्रिक युवा सङघले राजधानीमा आज आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
वरिष्ठ नेता नेपालले जनताको चाहना अनुरुप राजनीतिक दलहरु नयाँ संविधान निर्माणमा जुटिरहेको बतउनुभएको छ ।
संविधान निर्माणका लागि राजनीतिक दलहरु सहमति, सहकार्य र एकताका माध्यमबाट अगाडि बढिरहेको उल्लेख गर्नुभयो । दलहरुबीचमा देखिएका केही असहमतिलाई संवादका माध्यमबाट हल गर्ने प्रयास समेत भइराखेको जानकारी गराउनुभयो ।
उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा युवा वर्गले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । विश्व प्रजातान्त्रिक युवा सङघका उपाध्यक्ष गिरिस फोन्डेले एसिया प्रशान्त राष्ट्रका युवाले यस क्षेत्रमा आतङकवाद अन्त्य गर्दै शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: 2014-09-08 08:10:03
प्रतिक्रिया: