"मेरो मोबाइलमा त नेट यति ढिलो छ कि फेसबुकमा एउटा फोटो खुल्नै ५ मिनेट लाग्छ ।साथीहरुको फोटो नहेरी लाईक गर्दिन्छु म त"सफ्टबैंकको आईफोन५ मा ईन्टरनेट चलाउने बिष्णु पाख्रिनले भनिन । यता राजेन्द्रको समस्या पनि उस्तै छ । ‘मेरो मोबाईलमा त भाईबर नै खुल्दैन । कनेक्टिङ भनेर देखाउंछ १० मिनेटमा नि कनेक्ट हुंदैन ।बिल चाहि १मान एन भन्दा कम कहिले आउने हैन तर धित मर्ने गरि नेट चाहि कहिले चलाउन पाईदैन’ उनले भने ।यो जापानमा स्मार्टफोनमा ईन्टरनेट चलाउने उपभोक्ताले भोगेको साझा समस्या हो ।महिनामा ५ हजार एन भन्दा बढी ईन्टरनेटको मात्र शुल्क बुझाएर पनि मन खोलेर प्रयोग गर्न नपाउंदा कसलाई पो राम्रो लाग्ला र?
किन हुन्छ नेट ढिलो?
मोबाईल खरिद गर्ने बेलामा फोन पसलको कर्मचारीले भन्ने कम्पनिको नियमको बुझाइको समस्याले गर्दा यो समस्या आएको हो।फोन बिक्री गर्ने बेलामा अनलिमिटेड नेट सुबिधा भनेको हुन्छ । सेवा त अनलिमिटेड नै हो तर राम्रोसंग बुझ्ने भने ७ जिबी भन्दा बढी डाटा डाउनलोड भएमा नेटको गति १२८ केबि प्रतिसेकेन्डमा मात्र हुनेछ भनेर लेखिएको हुन्छ।अर्थात ७ जिबि डाटा डाउनलोड नभएसम्म मात्र मोबाईलको गति उच्च रहन्छ।त्यसपछि नेटको गति १२८ केबि प्रतिसेकेन्डमा ओर्लिसकेको हुन्छ।
आबश्यकता भन्दा बढि प्रयोग नै मोबाईलमा ईन्टरनेट ढिलो हुनुको मुख्य कारण हो।युट्युवमा कम्तिमा १० एमबिको हुने गीत देखि पुरै ३,४ सय एमबिको हुने चलचित्र नै हेर्ने गर्दा मोबाईल कम्पनिले दिएको डाउनलोड सिमा महिनाको केही दिनमै सकिन्छ। त्यसपछि नेटको गति १२८ केबि प्रतिसेकेन्ड हुन पुग्छ। नेटको यो गतिमा १ एमबिको एउटा फोटो खुल्न पनि मिनेटौ समय लाग्ने गर्छ भने भाइबर, स्काईप जस्ता नि शुल्क कुरा गर्न पाईने एपहरु कि त कनेक्ट नै हुंदैन भए नि ‘भ्वाईस क्वालिटी’राम्रो हुंदैन। राम्रो सुनिदैन।
के गर्ने त?
मोबाईल नेट फेसबुक,अनलाईन समाचार, भाईबर, स्काईप जस्तोमा मात्र प्रयोग गर्ने। सकेसम्म मोबाईलमा भिडियो नहेर्ने, पुरै फिल्म त झन हेर्दै नहेर्ने।यसो गरेमा महिनामा ७ जिबीको डाटा डाउनलोड गर्ने सिमा काफी हुन्छ।अर्को कुरा जापानमा चलेका मोबाईल कम्पनिहरु प्राय सबैले कोम्बिनी, रेल स्टेशन, होटल, रेस्टुरेन्ट लगायतका सार्बजानिक स्थलहरुमा आफ्ना उपभोक्तालाई निशुल्क वाईफाई सुबिधा राखेको हुन्छ।त्यस्तो स्थानहरुमा गएर आफुलाई मन पर्ने गीत वा फिल्म डाउनलोड गरेर पछि हेर्ने, सुन्ने गरेर पनि मोबाईलको डाटा बचाउन सकिन्छ।
यसो गरेमा मोबाईलमा नेटको गति महिना भरिनै उच्च रहनेछ।