एएफसि युवा-१६ फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले साबिक बिजेता उजबेकस्तानलाई १-१ गोलको बराबरीमा रोक्दै १ अंक खोस्न सफल भएको छ।नेपालका किरण सुनारले दोश्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
थाइल्याण्डको मुवाङ थोङ रंगशालामा
भएको खेलमा नेपाल नियमित कप्तान एवं युवा स्ट्राइकर विमल घर्तीमगर विना मैदान उत्रिएको
थियो । छनोट चरणमा पाएको दुई वटा पहेँलो कार्डका कारण विमलले उज्वेकिस्तानविरुद्धको
खेल गुमाएका हुन् ।
खेलको सुरुबाटै उज्वेकिस्तानले
नेपाली टोलीलाई दबावमा राखेको थियो । १२ औं मिनेटमा नेपालका अन्जन विष्टको प्रहारले
सही दिशा लिन सकेन ।
२८ औं मिनेटमा नेपाली डिफेण्डर
र गोलरक्षकबीच तामेल नहुँदा उज्वेकिस्तानले राम्रो मौका पाएको थियो । तर, सदुपयोग गर्न सकेनन् ।
४७ औं मिनेटमा अन्जनले करिव
२५ याड टाढाबाट हानेको बल गोलकिपरले बचाए । खेलको ५३ औं मिनेटमा उज्वेकिस्तानले
पेनाल्टीमा गोल गरेको थियो।अनन्त तामाङले गरेको फलमा पाएको पेनाल्टी प्रहार गर्दै
उज्वेकिस्तानका जोनीबेक कुचिमोभले गोल गरेका हुन्। तामाङले पहेँलो कार्ड पाएका छन।